PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

सत्ता गठबन्धनकै सांसदबिच चर्काचर्की, रघुजी र शक्तिले प्रश्न उठाएपछि ज्ञानेन्द्र शाहीले भने : यही संविधानअनुसार गणतन्त्र फेर्न मिल्छ



पहिलोपोस्ट

सत्ता गठबन्धनकै सांसदबिच चर्काचर्की, रघुजी र शक्तिले प्रश्न उठाएपछि ज्ञानेन्द्र शाहीले भने : यही संविधानअनुसार गणतन्त्र फेर्न मिल्छ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुको अभिव्यक्तिबारे एमालेका सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले प्रश्न उठाएपछि संसदमा सत्ता गठबन्धनकै सांसदहरुबिच चर्काचर्की भएको छ। पन्त र बस्नेतले राप्रपाका मन्त्रीहरुले गणतन्त्रविरुद्ध अभिव्यक्ति दिएकोमा आपत्ति जनाएका थिए।

सरकारको मन्त्री भएर गणतन्त्र विरुद्ध बोल्न नमिल्ने उनीहरुको मत थियो। पन्त र बस्नेत बोलिसक्नासाथ राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गणतन्त्र संविधानबाटै बदल्न सकिने बताए। 'गणतन्त्र चाहिन्छ चाहिदैन भन्ने कुरा संविधानबाटै लागू गर्न सकिन्छ,' शाहीले भनेका थिए। शाही बोलिसक्नासाथ पन्तले पनि शाहीको बोलीलाई काउण्टर दिन खोजिरहेका थिए। माइक लिएर बोलिरहेका पन्तलाई सभामुख देवराज घिमिरेले समय भने दिएनन्।

के भनेका थिए पन्त र बस्नेतले?

बस्नेतले काठमाडौंमा बसेर संघीयताको बिरोध गर्न उचित नभएको बताए। उनले संघीयता बुझ्न कर्णाली र सुदुरपश्चिममा जान आग्रह गरे। उनले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिमाथि चर्को आक्रोश व्यक्त गरे। भने, 'सरकार कार्यकारी अधिकार प्रयोग गरिरहेको हुन्छ। मन्त्रीहरु संविधान बाहिर गएर टिप्पणी स्वीकार्य हुन्न।'

बस्नेतभन्दा पहिला बोलेका एमालेका सांसद पन्तले पनि राप्रपाका मन्त्रीहरुलाई संविधान बाहिर नजान चेतावनी नै दिए।

'यो संविधानको अधिनमा रहेर मन्त्रीले आफ्ना गतिविधि अगाडि बढाउनुपर्छ। प्रधानमन्त्री र मन्त्रीको धारणा संविधानबारे बाझिने राम्रो होइन,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell