PahiloPost

Mar 28, 2025 | १४ चैत्र २०८१

पठानले तोड्यो बाहुबली-२ को रेकर्ड, एकसातामा विश्वभर कति कमायो?



पहिलोपोस्ट

पठानले तोड्यो बाहुबली-२ को रेकर्ड, एकसातामा विश्वभर कति कमायो?

शाहरुख खानको ‘पठान’ ले बक्सअफिसमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ। गत बुधवार रिलिज भएको फिल्मले एकसातामा विश्वभर ६४० करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ।

शाहरुखका साथै दीपिका पादुकोण र जोन अब्राहमको मुख्य भूमिका रहेको ‘पठान’ ले भारतभरि एक हप्तामा ३१५ करोड भारतीय रुपैयाँ 'कलेक्सन' गरेको छ। योसँगै ‘पठान’ सबैभन्दा छिटो ३०० करोड कमाउने बलिउड फिल्म बनेको छ। पठानले ‘बाहुबली २ : द कन्क्लुजन’ को हिन्दी संस्करणको रेकर्ड तोडेको छ।

बाहुबली-२ लाई ३०० करोड भारतीय रुपैयाँ कमाउन १० दिन लागेको भारतीय समीक्षक तरण आदर्शले उल्लेख गरेका छन्। त्यसैगरि, सन् २०२२ मा रिलिज भएको ‘केजीएफ: च्याप्टर २’ को हिन्दी संस्करणले ११ दिनमा ३०० करोडको आकंडा पार गरेको थियो। त्यस्तै, २०१६ मा आएको आमिर खानको ‘दंगल’ ले ३०० क्लबमा पुग्न १३ दिन लगाएको थियो।

‘पठान’ ले एक हप्तामा रणवीर कपुर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ को रेकर्ड तोडेको छ। ४०० करोडमा बनेको फिल्म ‘ब्रह्मास्त्र’ विश्वभरबाट बक्सअफिसमा ४१८ करोड भारु कमाएको थियो। जुन सन् २०२२ कै सबैभन्दा बढि कलेक्सन गर्ने बलिउड फिल्म हो। तर, पठानले भने एक सातामै ६४० करोड कमाएर रेकर्ड कायम गरेको छ।

सिद्धार्थ अन्नद निर्देशित फिल्ममा शाहरूख, दीपिका र जोनका साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय छ। सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि यो शाहरूखको कमब्याक फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell