PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

राप्रपाका मन्त्रीहरुलाई बर्खास्त गर्न जसपा सांसदको माग, यो सरकारको नाक जोगाउन गाह्रो छ



पहिलोपोस्ट

राप्रपाका मन्त्रीहरुलाई बर्खास्त गर्न जसपा सांसदको माग, यो सरकारको नाक जोगाउन गाह्रो छ

काठमाडौं : जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले संविधान नमान्ने मन्त्रीहरुलाई बर्खास्त गर्नुपर्ने बताएका छन्। बुधवार प्रतिनिधि सभामा आफ्नो भनाई राख्दै यादवले कारवाही नभए आफ्नो पार्टी आन्दोलनमा उत्रनेसमेत चेतावनी दिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले संविधानविपरीत धारणा राखेको भन्दै सदनमा सत्ताधारी दलकै सांसदहरु आलोचनामा उत्रिएका छन्। जसपाका सांसद यादवले पनि राप्रपाका मन्त्रीमाथि असन्तुष्टि पोखेका हुन्।

यस्तै भइरहने हो भने अहिलेको सरकारको आयु चाँडै सकिनेसमेत उनको भनाई थियो। 'मुल गेटमा एक पत्रकार साथीले माननीयज्यू अब के हुन्छ? भन्नुभयो। मैले भने - कि यो सरकारको नाक काटिन्छ कि सरकारको आयु सकिन्छ,' यादवले भने, 'राजनीतिमा जुन घटनाहरु घटित भए हामी जनप्रतिनिधि हौं भन्न लज्जा भएको छ।'

संसद भवन अगाडि नै प्रेम आचार्यले आत्मदाह गरेको अवस्थामा संसद मुर्दा भएकोसमेत उनको तर्क रह्यो। 'के कति कारणले प्रेम आचार्य के कसरी घटना भयो भन्ने विशेष प्रस्ताव आउला भनेको यो संसद मुर्दा भएर अर्कै विषयमा चर्चा गरिरहेको छ,' यादवले भने, 'छोराका बिहेमा लिएको ऋण तिर्न नसकेर सप्तरीका रामदेव मरिकले आत्महत्या गर्छ। बास्तावमा हामी यो सरकार यो सदन यो व्यवस्थाले ज्यान त बचाउला तर नाक बचाउन कठिन छ।'

गृहमन्त्री हुँदा नै नागरिकताविहीन बनेका रवि लामिछानेले नागरिकता नपाउँदाको पीडा भोग्दा लाखौं नेपालीको पीडा पनि बुझ्नुपर्ने बताए।

'सम्मानित अदालतबाट निवर्तमान गृहमन्त्रीबारे एउटा फैसला सुनाउँछ। रविजी एकदिनका लागि नागरिकताविहीन हुनुभयो। यो देशका सबै मिडियाको केन्द्रमा रवि लामिछाने चर्चामा रहे। एउटा नेपाली जो नागरिकता प्राप्ता गर्न योग्य छ। त्यो व्यक्ति नागरिकता नपाउँदा पीडा कस्तो हुन्छ त्यो रविलाई थाहा छ,' उनले भने, 'आज लाखौं नेपाली नेपाली नागरिकता पाउन योग्य हुदा हुदैं। सरकारको संवदेनशिलता नहुँदा उनीहरु राज्य विहीन भएर बस्नुपर्ने बाध्यता भएको छ। यो षड्यन्त्रमा को को दोषी भए? किन यो पार्लामेन्टबाट दुई दुई पटक पारित भएर नागरिकता पास भएर जादा पनि रोकियो? लाखौं जनता सोध्दै छ हाम्रो नागरिकता खोइ?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell