PahiloPost

Sep 24, 2026 | ८ असोज २०८३

न्याय माग्न सिटी बजाउँदै माइतीघरमा चिकित्सा शास्त्रका विद्यार्थी, डीनविरुद्ध गरे प्रदर्शन

न्याय माग्न सिटी बजाउँदै माइतीघरमा चिकित्सा शास्त्रका विद्यार्थी, डीनविरुद्ध गरे प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : त्रि वि शिक्षण अस्पतालमा रहेको महाराजगञ्ज मेडिकल क्याम्पसका विद्यार्थीहरुले आज प्रदर्शन गरेका छन्।

त्रि वि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डीन डा दिव्या सिंहको विरुद्ध विद्यार्थीहरुले सिटी बजाएर बानेश्वरसम्म र्‍याली निकालेका थिए।

आज प्रदर्शनरत विद्यार्थीहरुले २०७९ भदौ ३० गते भएको सहमति पालना हुनुपर्ने माग राखेका थिए। उनीहरुले पीडित विद्यार्थीहरुलाई न्याय माग्दै ब्यानर प्रदर्शनसमेत गरेका थिए।

केहीदिन अघि 'आइओएम' को डीन कार्यालयमा विद्यार्थीहरुले ताला लगाएका थिए। ताला खुलाउने क्रममा प्रहरी र विद्यार्थीबिच झडप भएको थियो।

आइओएमको छात्रावास विद्यार्थीहरुका लागि खुला गर्नुपर्ने, अध्ययनरत विद्यार्थीको लागि बसोवासको व्यवस्था गर्नुपर्ने लगायत माग राख्दै आन्दोलन गर्दै आएका छन्। हाल छात्रवासमा विद्यार्थी भर्ना नगर्दा विद्यार्थीहरु होस्टेलमा बस्न बाध्य भएको र आर्थिक भार बढेको होस्टेल सुधार समूह बनाएर आन्दोलनमा उत्रेका विद्यार्थीहरु बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell