PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

रञ्जिता श्रेष्ठले भनिन् : निर्दोष थारुहरु राजबन्दी भएसम्म आवाज उठाइरहनेछौँ



पहिलोपोस्ट

रञ्जिता श्रेष्ठले भनिन् : निर्दोष थारुहरु राजबन्दी भएसम्म आवाज उठाइरहनेछौँ

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले निर्दोष थारुहरु राजबन्दी भएसम्म आफूहरुले आवाज उठाइरहने बताएकी छन्। बुधवार प्रतिनिधिसभामा आफ्नो भनाइ राख्दै सांसद श्रेष्ठले सडकबाट उठाइएको आवाज नसुनिएपछि आफूहरुलाई यता पठाइएको बताइन्।

आफूहरुले न्यायको लागि आवाज उठाइरहेको भन्दै उनले निर्दोष थारुहरुलाई मात्र दोषी देख्नुमा आफूहरुको चित्त दुखाइ रहेको बताइन्।

उनले भनिन्, ‘उपसभामुखलाई मत दिँदा हामी खुसी भएका थियौँ। कैदीबन्दीबारे उहाँले धेरै कुराहरु गर्नुभएको छ। कैदीबन्दीबारे उहाँले बाहेक अरु कसले बुझ्न सक्छ होला भनेर मेरो मन खुसी भएको थियो।’

उनले जनमतको कदर गर्न समेत आग्रह गरिन्। भनिन्, ‘न्यायको आवाज उठाउनुस् भनेर हामीलाई यहाँ पठाइएको छ। लाल आयोगको प्रतिवेदन कता छ खोजिदिनुस् भन्न चाहन्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell