PahiloPost

Nov 17, 2025 | २ मंसिर २०८२

प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को प्रदर्शन अन्योलमा, के भन्छन् निर्देशक रायमाझी?



पहिलोपोस्ट

प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को प्रदर्शन अन्योलमा, के भन्छन् निर्देशक रायमाझी?

काठमाडौं : फागुन ५ गतेबाट प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले प्रचारप्रचार सुरु गरिसकेको छ। तर, सोही मितिमा प्रदर्शन हुने तय भएको फिक्स ‘परदेशी २’को टिम भने गुमनाम छ। रिलिजको छाँटकाँट नदेखाएपछि प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’को प्रदर्शन मिति सर्ने हल्ला चल्न थालेको छ।

नारायण रायमाझी निर्देशित यो फिल्म गत असोज १४ गते रिलिज हुने भनिएको थियो। तर, एकसाताअघि ‘प्रेमगीत ३’ रिलिज हुने भनेसँगै फागुन ५ का लागि रिलिज डेट तोकियो। तर, यो मितिमा पनि ‘परदेशी २’ प्रदर्शन हुने अन्योल छ।

प्रदर्शनको विषयमा सोध्दा निर्देशक रायमाझीले केही दिनमा औपचारिक निर्णय गर्ने सुनाएँ। उनले भने, ‘अहिले फिल्मको सुटिङको काम भइरहेको छ। केही दिनमा प्रोड्युसरसँग सल्लाह गरेर हामी निर्णय गर्नेछौँ।’

उनको जवाफबाट फिल्मको प्रदर्शन मिति सर्ने पक्का जस्तै छ। जसले प्रकाशलाई पहिलो गाँसमा नै ढुंगा परेजस्तो भएको थियो। किनकी केहीअघि प्रकाशले यो फिल्म रिलिज नभएसम्म अर्को फिल्ममा काम नगर्ने बताएका थिए। जसकारण प्रकाशले ‘हिरो’ बनेर पर्दामा देखिन अझै कुर्नुपर्ने देखिन्छ।

यो फिल्म हिट फिल्म ‘परदेशी’को सिक्वेल हो। ‘परदेशी २’ मा प्रकाशका साथै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, वर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ। नारायण र राजेश बंशल निर्माता रहेको फिल्मको कथा रमेश बिजीले लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell