PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

दुबईमा हुने सिनेमा फेस्टको पोस्टरमा आफ्नो फोटो देखेपछि विजय लामाले जनाए आपत्ति



पहिलोपोस्ट

दुबईमा हुने सिनेमा फेस्टको पोस्टरमा आफ्नो फोटो देखेपछि विजय लामाले जनाए आपत्ति

चलचित्र बिकास बोर्डले दुबईमा गर्न लागेको ‘नेपाली सिने फेस्ट’ अहिले विवादमा छ। फिल्म ‘महापुरुष’ टिमले बहिष्कार गरेसँगै 'फेस्ट' विवादमा तानिएको हो। आफ्नो फिल्म अनुमति बिनै प्रदर्शनको सूचीमा राखेको भन्दै महापुरुषले बहिष्कार गरेको हो।

यसैबिच, कलाकार विजय लामाले पनि अनुमति बिनै पोस्टरमा आफ्नो फोटो राखेको भन्दै आपत्ति जनाएका छन्। कार्यक्रमबारे जानकारीसमेत नभएको उनको दाबी छ।

‘केही समय यता यो कार्यक्रम लिएर विवादस्पद कुरा अनि समाचारहरु सामाजिक सन्जालमा छ्यापछ्यापती देख्न थालेको छ। अचम्मको कुरा के भने मेरो पनि तस्बिर पोस्टरमा देखें। न मलाइ यसबारे जानकारी नै छ। न निमन्त्रणा नै छ न मलाइ सहभागिता जनाउन समय नै छ। यसरी लिखित स्विकृति बिना नै मेरो तस्बिर चलाएर राख्नु कतिको उचित हुन्छ?’ फेसबुकमार्फत उनले बोर्डलाई प्रश्न सोधेका छन्।

यस कार्यक्रमसँग आफ्नो कुनै संलग्नता नरहेकोसमेत लामाले बताएका छन्। साथै उनले अबदेखि तस्विरहरु प्रयोग गर्दा पूर्वसुचना र स्विकृति लिन अनुरोध गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell