PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

बालेनलाई उच्च अदालतको झड्का, टुकुचा खोतल्ने अभियानमा पूर्णविराम



पहिलोपोस्ट

बालेनलाई उच्च अदालतको झड्का, टुकुचा खोतल्ने अभियानमा पूर्णविराम

काठमाडौंः उच्च अदालत पाटनले टुकुचा खोला उत्खनन् अभियानमा पूर्णरुपमा रोक लगाएको छ। काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि सो क्षेत्रमा अवस्थित स्थानीयले दायर गरेको रिट निवेदकको पक्षमा अदालतले फैसला गरेको हो। अदालतको दैनिक पेसी सूचीमा रिट जारी उल्लेख गरिएको छ। 

तर, अदालतले फैसलाको पूर्णपाठ भने सार्वजनिक गरेको छैन। यसअघि नै उच्चले निवेदकको माग अनुसार अन्तरिम आदेश जारी गरेको थियो। 
हात्तीसार लगायतका क्षेत्रमा महानगरले डोजर चलाएर निजी घरमा समेत क्षति पुर्‍याएपछि स्थानीय अदालत पुगेका थिए। 

आफूहरुले कानुनी रुपमै खरिदविक्री गरेको र प्रक्रिया पुर्‍याएर घर निर्माण गरेको भन्दै स्थानीय अदालत पुगेका थिए। नक्सा पास तथा राजस्व समेत तिरेर घर निर्माण गरेको स्थानीयको जिकिर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell