PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाने, राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट हुने



पहिलोपोस्ट

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाने, राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट हुने

काठमाडौं : परराष्ट्रमन्त्री डा विमला राई पौड्याल आज श्रीलंका जाँदैछिन्। श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन उनी श्रीलंकको भ्रमणमा जान लागेकी हुन्।

पौडेल उहाँ आफ्ना श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुनेछिन्। परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ।

यसैगरि उनी माघ २१ गते ७५औं स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने छिन्। सोहीदिन उनले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुने कार्यतालिमा पनि रहेको छ।

परराष्ट्रमन्त्री डा पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौं फर्कनुहुने कार्यक्रम रहेको सहसचिव रामप्रसाद सुवेदीले बताए।

श्रीलंका जानु अघि बुधवार आयोजित कार्यक्रमममा उनले परराष्ट्र नीति-२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताएकी थिइन्। बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उनले उल्लेख गरेकी थिइन्।

उनले मन्त्रालयबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै राहदानी बनाउन कामका देखिएको समस्या हल गरी सुधार गरिएको जानकारी समेत गराएकी छिन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell