काठमाडौं : बिहीवार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो।
योसँगै बिहीवार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधवार सुनको कारोबार तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा भएको थियो। त्यस्तै, बिहीवार तेजाबी सुन १ लाख ७ हजारमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि बढेको छ। बिहीवार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।