PahiloPost

Nov 17, 2025 | २ मंसिर २०८२

अडानीको बजार घाटा १०० अर्ब डलर नाघ्यो, अर्बपतिको सूचीमा लगातार तल झरे गौतम



पहिलोपोस्ट

अडानीको बजार घाटा १०० अर्ब डलर नाघ्यो, अर्बपतिको सूचीमा लगातार तल झरे गौतम

काठमाडौं : हिन्डेनबर्गको प्रतिवेदन सार्वजनिक भएपछि अडानी समूहको सेयरको मूल्य लगातार ओरालो लागेको छ। सो समूहको कम्पनीहरूले एक हप्ताको अन्तरालमा लगभग १०० अर्ब अमेरिकी डलरको स्टक मूल्य गुमाएको छ। 

अडानी इन्टरप्राइजेजलेले एफपीओ बिक्रीबाट उठाएको २०,००० करोड सेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गर्ने भएको छ। 

समूहको प्रमुख फर्म,अडानी इन्टरप्राइजेजको सेयर बिहान केहि उकालो लगेपनि हाल १० प्रतिशतले तल झरेको छ। समूहका अन्य कम्पनीहरू, अडानी पोर्ट्स र स्पेशल इकोनोमिक जोन, अडानी टोटल ग्यास, अडानी ग्रीन एनर्जी र अडानी ट्रान्समिसन सबैको सेयर मूल्यमा १०/१० प्रतिशतले गिरावट आएको छ। अडानी पावर र अडानी विलमार भने ५/५ प्रतिशतले घटेको छ ।

योसँगै गौतम अडानी फोर्ब्सको धनाढ्यहरूको सूचीमा १६औं स्थानमा झरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell