PahiloPost

Mar 21, 2025 | ७ चैत्र २०८१

मलेसियाका गृहमन्त्री आज नेपाल आउँदै, श्रम सम्झौताबारे छलफल हुने



पहिलोपोस्ट

मलेसियाका गृहमन्त्री आज नेपाल आउँदै, श्रम सम्झौताबारे छलफल हुने
Photo : The Straits Times

काठमाडौं : मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। उनी साँझ ७ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस्तै, उनले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने बताइएको छ।

भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ। भ्रमण सम्पन्न गरी उहाँ आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell