PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

यसरी देश चल्दैन, त्यसैले केही गर्ने समय आएकाले छलफल गर्न बैठक बोलाइएको होः रास्वपा प्रवक्ता मुकुल ढकाल



पहिलोपोस्ट

यसरी देश चल्दैन, त्यसैले केही गर्ने समय आएकाले छलफल गर्न बैठक बोलाइएको होः रास्वपा प्रवक्ता मुकुल ढकाल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। आज दिउँसो साढे ४* बजे पार्टी कार्यालयमा बैठक बोलाइएको छ। बैठकले सरकारमा सहभागी हुने वा नहुने विषयदेखि लिएर बैठक बस्न लागेको पार्टीका प्रवक्ता मुकुल ढकालले बताए।

'यसरी देश बन्दैन अब केही निर्णय गर्नु पर्छ भनेर नै हो,' प्रवक्ता ढकालले भने।

सरकारमा सहभागी हुने नहुने विषयमा समेत बैठकमा छलफल हुने उनले बताए। पार्टीको बैठक बस्ने केही समय अगाडि सभापति  रवि लामिछानेले आफूलाई भन्न र लेख्न केही भए आजै भनिसक्न र लेखिसक्न बताएका छन्। नागरिकता विवादमा सर्वोच्चका फैसलाका कारण मन्त्रीदेखि सांसद पद गुमाएका लामिछानेमाथि पछिल्लो दिन आलोचना बढेको छ।

यही विषयमा मिडियामा पनि उनको चर्चा चुलिँदो छ। आलोचना बढेपछि लामिछानेले भोलिबाट मौनता तोड्ने चेतावनी दिएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा आफू अभिमन्यु नभएको उल्लेख गर्दै उनले भनेका छन् : अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।

अहिले स्वतन्त्र पार्टीलाई गृह मन्त्रालय दिने वा नदिने भन्ने विषय चर्चामा छन्। नेपाल अध्यक्ष केपी शर्मा ओलीले बिहीवार विराटनगर पुगेर रास्वपको भाग गृहमन्त्रालय भएकाले यसलाई अरुलाई दिए ठिक नहुने चेतावनी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल भने अहिले नै रविलाई गृहमन्त्री बनाउने पक्षमा देखिएका छैनन्।

* ३ बजे बोलाइएको बैठक साढे ४ बजे सारिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell