PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

कुवेतमा लगेर मानव बेचबिखन गरेको अभियोगमा दुई म्यानपावर एजेन्ट समातिए



पहिलोपोस्ट

कुवेतमा लगेर मानव बेचबिखन गरेको अभियोगमा दुई म्यानपावर एजेन्ट समातिए

काठमाडौं : मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले दुई म्यानपावर एजेन्टलाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान व्यूरोको टोलीले उदयपुर घर भएका ४४ वर्षीय लालबहादुर मगर र इलाम घर भएका ४१ वर्षीय डम्बर बहादुर दर्लामीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवै जना म्यानपावर एजेन्ट भएको खुलेको छ।

गत मंसिर २६ गते उनीहरुले एक महिलालाई राम्रो काम लगाइदिने भन्दै दुवई हुँदै कुवेत पुर्‍याएर बिक्री गरेको खुलेको छ। उनीहरुले महिलालाई कुवेतमा १३ सय दिनारमा बिक्री गरेको भन्दै उजुरी परेको थियो।

उनलाई माघ ४ गते उद्धार गरेर काठमाडौं ल्याइएको थियो। कुवेतमा उनलाई १८ घण्टासम्म शारिरिक र मानशिक यातना दिएको खुलेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell