PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

सांसद अरुण चौधरी पक्राउ, अदालत उपस्थित गराउने तयारी



सविन ढकाल

सांसद अरुण चौधरी पक्राउ, अदालत उपस्थित गराउने तयारी

काठमाडौः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ परेका छन्। नेपाल प्रहरीले बिहीवार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो।

फरार सूचीमा रहेकाले उनलाई अहिले धनगढी स्थित कैलाली जिल्ला अदालतमा लग्ने तयारी भएको एक उच्च प्रहरी अधिकृतले बताए। उनी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। उनीसहित तीन जनालाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको अभियोगमा ६ महिना कैद सजाय र  ८ लाख १९ हजार रुपैयाँ जरिवाना सुनाएको थियो।

सांसद चौधरीसहितले २०६५ साल भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दा परेको थियो। हालको लम्कीचुँहा नगरपालिका (साविकको बलिया गाविस) क्षेत्रमा उक्त ट्याक्टर जलाइएको थियो।

प्रतिनिधिसभाका सदस्य चौधरीसहित तीन जनालाई कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते कैद तोकेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell