PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सरकारमै बस्ने कि छाड्ने? छलफल गर्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु



पहिलोपोस्ट

सरकारमै बस्ने कि छाड्ने? छलफल गर्न रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ। बिहीवार अपराह्न काठमाडौंको बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठक संयुक्त रुपमा सुरु भएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई समर्थन जारी राख्ने कि फिर्ता गर्ने भन्ने विषयमा निर्णय लिन रास्वपाले बैठक डाकेको हो। सर्वोच्च अदालतले नागरिकता पुन: र्कायम नगरेको भन्दै फैसला गरेपछि रास्वपाका सभापति रवि लामिछानेको मन्त्रीसहित सांसद पद गुमेको थियो।

पद गुमेसँगै लामिछानेले गृहमन्त्रीमा 'कमब्याक' गर्ने चाहना राखेका छन्। यद्यपि, उनको चाहनामा प्रधानमन्त्री प्रचण्ड सकारात्मक छैनन्। यसैकारण बुधवार नै रास्वापले सरकार छाड्ने चेतावनी दिएको थियो। रास्वपाका सभापति लामिछानेले आजै फेसबुकमा एक स्टाटस लेख्दै आफूले भोलबाट मौनता तोड्ने चेतावनी दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell