PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

बलात्कार आरोपमा धरौटीमा छुटेका लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा



पहिलोपोस्ट

बलात्कार आरोपमा धरौटीमा छुटेका लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा

काठमाडौः नेपाल क्रिकेट संघ ( क्यान) ले बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेको छ। उच्च अदालत पाटनको आदेशबाट लामिछाने पुस २९ गते धरौटीमा रिहा भएका हुन्।  प्रशिक्षणमा बोलाइनुअघि क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको थियो।

 

क्यानले सार्वजनिक गरेको बन्दसूचीमा लामिछानेको पनि नाम राखिएको छ। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दिएको थियो। २० लाख रुपैयाँ घरौटी रकम बुझाएपछि सन्दीप पुस २९ गते छुटेका थिए। तर थुनामा नै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ। शुक्रबार निवेदनमाथि सुनुवाइ समेत हुँदैछ।

बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। १७ वर्षीय किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लामिछानेमाथि लागेको छ। जिल्ला अदालत काठमाडौंमा मुद्धा अन्तिम सुनुवाइको चरणमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell