PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने, गृहबारे निर्णय लिन प्रधानमन्त्रीलाई दुई दिनको अल्टिमेटम



पहिलोपोस्ट

स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने, गृहबारे निर्णय लिन प्रधानमन्त्रीलाई दुई दिनको अल्टिमेटम

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ। पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा दुई दिन कुर्ने निर्णय भएको प्रवक्ता मुकुल ढकालले बताए। 

गृह नपाएपछि सरकार छाड्ने मनस्थितिमा बैठक बोलाएका सभापति रवि लामिछानेलाई अन्य सांसदहरुले सरकार छाड्नुको औचित्य पुष्टि गर्नुपर्ने धारणा राखेपछि दुई दिन कुर्ने निर्णय भएको हो। 

मन्त्रालयको विवादबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा दलले कुरा राख्ने पनि निर्णय भएको छ। गृह मन्त्रालयको अडान पार्टीले कायमै राखेको छ। तर कसले नेतृत्व गर्ने भन्नेमा कुनै निर्णय भएको छैन। 

प्रधानमन्त्रीले भने सर्वोच्चको पूर्णपाठ नआउँदासम्म निर्णय नलिने बताएका छन्। साथै गृह स्वतन्त्र पार्टीलाई दिन नसक्ने पनि प्रधानमन्त्रीले लामिछानेलाई यसअघि जनाउ दिइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell