PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौं आइपुगे मलेसियाका गृहमन्त्री, श्रम सम्झौता भ्रमणको मुख्य एजेन्डा



पहिलोपोस्ट

काठमाडौं आइपुगे मलेसियाका गृहमन्त्री, श्रम सम्झौता भ्रमणको मुख्य एजेन्डा

काठमाडौंः मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल काठमाडौं आइपुगेका छन्। तीनदिने नेपाल भ्रमणका क्रममा उनी बिहीबार राति काठमाडौं आइपुगेका हुन्। 

उनको भ्रमणको मुख्य उद्देश्य नेपालसँग श्रम सम्झौताबारे छलफल गर्नु हो। भ्रमणका क्रममा मलेसियाको ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेशन प्लान’बारे गृहमन्त्री इस्माइलले नेपाली अधिकारीसँग छलफल गर्ने बताइएको छ।

मेलेसियामा अहिले जनशक्तिको अभाव रहेको छ। त्यसैले मलेसियाले चरणबद्ध रुपमा नेपालबाट दक्ष जनशक्ति लग्न खोजिरहेको छ। यसैबारे छलफल गर्न उनी नेपाल आएका हुन्।

इस्माइलले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने बताइएको छ। यस्तै, भ्रमणका क्रममा गृहमन्त्री इस्माइलले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

आज काठमाडौं ओर्लिएपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपाल भ्रमणको एउटा उद्देश्यमात्र रहेको बताए। त्यो हो - नेपालबाट जनशक्ति मेलसिया लैजाने प्रक्रियाबारे नेपाल सरकारसँग वार्ता।

उनले मेलेसियाका ५ वटा रणनैतिक औद्योगिक क्षेत्रका लागि नेपाली जनशक्ति निकै महत्वपूर्ण रहेको समेत बताएका छन्। नेपाल भ्रमण सकेर उनी शनिबार बंगलादेश प्रस्थान गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell