PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

फ्राइडे रिजिल : जितु र साम्राज्ञीको 'ह्यारीकी प्यारी' सँग भिड्दै दक्षिण भारतीय फिल्म 'माइकल'



पहिलोपोस्ट

फ्राइडे रिजिल : जितु र साम्राज्ञीको 'ह्यारीकी प्यारी' सँग भिड्दै दक्षिण भारतीय फिल्म 'माइकल'

काठमाडौं: आज नेपाली सिनेमा हलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ कपिल रिजाल निर्देशित फिल्म 'ह्यारीकी प्यारी' र विदेशीतर्फ दक्षिण भारतीय फिल्म 'माइकल' रिलिज भएको हो।

डा.कपिल रिजालको निर्देशन र लेखन रहेको फिल्म 'ह्यारीकी प्यारी' मा जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भुमिका रहेको छ। ‘छक्का पन्जा’ टिमसँग काम गर्दै आएका जितु पहिलोपटक मुख्य भुमिका देखिएका हुन। डा. भोला रिजालको निर्माण रहेको यो फिल्म उनका छोरा कपिलको डेब्यू निर्देशकिय फिल्म हो।

फिल्ममा जितु र साम्राज्ञीका साथै विजय बराल, लक्ष्मी गिरी, सुभास गजुरेल, डिल्ली खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ। जितु 'हिरो' बनेको यस फिल्मले नेपाली हलहरुमा उत्साहजनक शो पाएको छ। पहिलो दिन शुक्रबार देशकै ठुलो मल्टिप्लेकस चेन क्यूएफएक्सले २५ शो दिएको छ। त्यसैगरी, बिग मुभिजले ४, क्युज सिनेमाजले ३, वान सिनेमाजले ७, एफक्यूबले ३ शो उपलब्ध गराएका छन्।

त्यसैगरि, साउथ फिल्म माइकल पनि प्रदर्शनमा आएको छ। रञ्जित जेयाकोडी निर्देशित यस फिल्ममा सन्दीप किशन, विजय सेतुपति, दिव्यांशा कौशिक र गौतम वासुदेव मेननको मुख्य भुमिका छ। हिन्दीसहित तेलुगु, तमिल, कन्नड, मलयालम भाषामा रिलिज भएको यस फिल्मले नेपालमा भने कम शो पाएको छ।

यी दुई फिल्मसँगै सिनेमा हलमा गत साता प्रदर्शन भएको शाहरुख खानको पठानको 'क्रेज' अहिले पनि जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell