PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

नागरिक उन्मुक्तिका सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइँदै



पहिलोपोस्ट

नागरिक उन्मुक्तिका सांसद चौधरीलाई आज अदालतमा उपस्थित गराइँदै

कैलाली : बाँकेबाट पक्राउ गरि धनगढी ल्याइएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीलाई आज अदालतमा पेस गरिने भएको छ।

कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी नागरिक उन्मुक्ति पार्टी संसदीय दलका सचेतक समेत हुन्। बिहीबार बेलुका उनलाई हवाईजहाज मार्फत धनगढी ल्याइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हिरासतमा रहेका चौधरीलाई आज अदालत पेस गरिने बताए।

झन्डै १३ वर्ष अघि ट्रयाक्टरमा आगजनी गरेको मुद्दामा ९ वर्ष अघि उनलाई जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो। उक्त मुद्दामा जिल्ला अदालतले उनलाई ६ महिना कैद सजाय तोके पनि उनी भने फरार थिए।

आफ्ना सांसदलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीले भने आन्दोलन गर्ने चेतावनी दिएको छ। बिहीबार चौधरी पक्राउ परेपछि बौनियामा प्रदर्शन गरिएको थियो। आज कैलालीमा यातायात र बौनिया बजार बन्द गरिने जनाइएको छ।

पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सुनियोजित ढङ्गबाट पक्राउ गरिएको भन्दै तत्काल उनको रिहाइ हुनुपर्ने बताएकी छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell