PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

अर्थमन्त्रीले हेरफेर गरे सहसचिवहरुको जिम्मेवारी, कसलाई कहाँ पठाइयो?



पहिलोपोस्ट

अर्थमन्त्रीले हेरफेर गरे सहसचिवहरुको जिम्मेवारी, कसलाई कहाँ पठाइयो?

काठमाडौं : अर्थ मन्त्रालयले सहसचिवहरुको कार्य विभाजन गरेको छ। सहसचिवहरुको सरुवापछि कार्यविभाजन गरिएको हो।

बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। फेरिएको जिम्मेवारी अनुसार श्रीकृष्ण नेपाल पुन: आर्थिक सहायता समन्वय महाशाखामा फर्किएका छन्। उनी पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको पालामा समेत सोही महाशाखामा थिए।

यस्तै, धनिराम शर्मा पनि बजेट तथा कार्यक्रम महाशाखामा फर्किएका छन्। सहसचिव झक्कप्रसाद आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बनेका छन्।लक्ष्मीप्रसाद निरौलाले प्रशासन महाशाखाको जिम्मेवारी पाउँदा ईश्वरीप्रसाद अर्याल वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बनेका छन्।

बजेट महाशाखामा रहेका रितेशकुमार शाक्यलाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। सुमन दाहालले आर्थिक नीति विश्लेषण महाशाखाको जिम्मेवारी पाउँदा कमलप्रसाद भट्टराईलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सारिएको छ।

यस्तै सेवन्तक पोखरेल भन्सार विभागका उपमहानिर्देशक बनेका छन्। तालिम केन्द्रका प्रमुख शिवलाल तिवारीलाई भन्सार जाँचपास परीक्षण कार्यालय पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell