PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

अभियुक्त सन्दीप लामिछानेविरुद्धको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन



पहिलोपोस्ट

अभियुक्त सन्दीप लामिछानेविरुद्धको निवेदनमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
फाइल फोटो।

काठमाडौं : अभियुक्त क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको निवेदनको सुनुवाइमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ। थुनामा राखेर अनुसन्धान गर्नुपर्ने मागसहित महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमा आज सुनुवाइ भएको थियो।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी चढेको थियो। जिल्ला अदालतको आदेश र उच्चले धरौटीमा रिहा गर्न दिएको आदेशको सम्पूर्ण फाइल माग सर्वोच्चले गरेको हो।

तर, नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारका अभियुक्त सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राखेको छ। उच्च अदालत पाटनको आदेशबाट लामिछाने पुस २९ गते धरौटीमा रिहा भएका हुन्। प्रशिक्षणमा बोलाइनुअघि क्यानले लामिछानेको निलम्बन फुकुवा गरेको थियो।

क्यानले सार्वजनिक गरेको बन्दसूचीमा लामिछानेको पनि नाम राखिएको छ। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले घरौटीमा रिहा गर्न आदेश दिएको थियो।

२० लाख रुपैयाँ घरौटी रकम बुझाएपछि सन्दीप पुस २९ गते छुटेका थिए। तर, थुनामा नै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ। सर्वोच्च अदालतले उच्च अदालतको आदेश उल्टाएको खण्डमा सन्दीप फेरी थुनामा बस्नु पर्ने हुन्छ।

बलात्कारको अभियोगमा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। १७ वर्षीय किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोप लामिछानेमाथि लागेको छ। जिल्ला अदालत काठमाडौंमा मुद्दा अन्तिम सुनुवाइको चरणमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell