PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

‘प्रेमा’को प्रदर्शन मिति तय, कहिले आउदै छ हलमा?



पहिलोपोस्ट

‘प्रेमा’को प्रदर्शन मिति तय, कहिले आउदै छ हलमा?

काठमाडौं : फिल्म ‘प्रेमा’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी चैत १७ गतेदेखि रिलिज हुनेछ।

गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको पोस्टरमा अरुण क्षेत्री, शुभेक्क्षा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ। बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा बनेको फिल्म त्रिकोणात्मक प्रेमकथालाई समेटेको छ।

फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका साथै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय छ।

फिल्म ‘प्रेमा’मा गोविन्दको लगानी समेत रहेको छ। गोविन्दसँग लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन्। फिल्म ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको हो।

यस फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell