PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

मधेश प्रदेश : शपथ ग्रहणको समय ४ बजे, भागबण्डा नमिल्दा आइपुगेनन् शपथ लिने मन्त्री नै



पहिलोपोस्ट

मधेश प्रदेश : शपथ ग्रहणको समय ४ बजे, भागबण्डा नमिल्दा आइपुगेनन् शपथ लिने मन्त्री नै

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज मन्त्रिमण्डल विस्तार गर्न लागेका छन्।

सत्तारुढ दलहरु नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत र नेकपा माओवादी केन्दलाई समेटेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्।

प्रदेश सरकारको ७ वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन्। मन्त्रीमण्डल विस्तार गर्ने र शपथ ग्रहण ४ बजे गरिने जानकारी प्रदेश प्रमुखको कार्यालयलाई दिएपछि प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको तयारी पुरा गरेको छ। यद्यपि साढे चार बज्न लाग्दासमेत सरकारका मुख्यमन्त्री र शपथ ग्रहण गर्ने मन्त्रीहरू न पुग्दा शपथ ग्रहणमा ढिलाई भएको छ। भागवण्डा नमिल्दा शपथ ग्रहण ढिलाई भएको स्रोतको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell