PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

नक्कली अमेरिकी डलरसहित पाँच जना समातिए



पहिलोपोस्ट

नक्कली अमेरिकी डलरसहित पाँच जना समातिए

काठमाडौंः प्रहरीले नक्कली अमेरिकी डलर सहित पाँच जनालाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ महाराजगन्ज एरियामा नक्कली अमेरिकन डलरको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त महाराजगन्जबाट प्रहरी अधिकृत सहितको टोली परिचालन गरिएको थियो।

प्रहरीले नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका २४ वर्षीय विशाल तामाङ, रामेछाप लिखु तामाकोसी गाउँपालिका वडा नम्बर १ घर भएका २७ वर्षीय दल बहादुर तामाङ, ३० वर्षीय विजय सुनुवार, ओखलढुङ्गा सिद्धिचरण नगरपालिका घर भएका ४७ वर्षीय तुलमान राई र  प्युठान नौबदनी  गाउँपालिका घर भएका  ४४ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट एक सय दरको २० थान नक्कली अमेरिकन डलर बरामद गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell