PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

एमालेले खल्तीका पात्रलाई राष्ट्रपति बनाउन खाज्दैछः गगन थापा



पहिलोपोस्ट

एमालेले खल्तीका पात्रलाई राष्ट्रपति बनाउन खाज्दैछः गगन थापा

वीरगंजः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले खल्तीको पात्रलाई राष्ट्रपति उम्मेवार बनाउन लागेको टिप्पणी गरेका छन्। बाराको कलैयामा आयोजित नेपाल प्रेस युनियन मधेश प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेका केही नेताले खल्तीबाट निकालेका पात्रलाई राष्ट्रपति बनाएमा संविधान र लोकतन्त्र जोखिममा पर्ने बताए।

थापाले भने, ‘मैले प्रधानमन्त्रीलाई भेटेर नै एमालेका नेताले खल्तीबाट निकालेका व्यक्तिलाई नबनाई राष्ट्रपतिका लागि संयम हुन आग्रह गरेको छु।’

सरकारमा सामेल नहुँदैमा कांग्रेस सकियो भन्ने भ्रममा नपर्न उनले आग्रह पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell