PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले नक्कली नोटसहित समात्यो दुई जनालाई



पहिलोपोस्ट

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले नक्कली नोटसहित समात्यो दुई जनालाई

काठमाडौं : सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख ३५ हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। सिरहाको लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक विद्यालय नजिकको रोडबाट शनिवार साँझ उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरुमा सिरहाको लाहान नगरपालिका वडा नम्बर १९ स्थायी घर भएका ३० वर्षीय मोहम्मद ओसिन र सोही नगरपालिका वडा नम्बर १० स्थायी घर भएका २२ वर्षीय मोहम्मद राज शेख रहेका छन्।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरुको साथबाट ४३५ थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार ५५ रुपैयाँ समेत बरामद भएको छ। उनीहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell