PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा



पहिलोपोस्ट

रहेनन् नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणा

काठमाडौं : नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतवार बिहान निमोनियका कारण ९५ वर्षको उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए। हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन्।

पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका दुई छोरा र दुई छोरी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell