PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

भोलि हुने राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनको उम्मेदवारी दर्ता आज



पहिलोपोस्ट

भोलि हुने राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनको उम्मेदवारी दर्ता आज
फाइल फोटो।

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन सोमवार हुँदैछ। उक्त निर्वाचनको लागि आइतवार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

संसद् भवन नयाँ बानेश्वरमा आइतवार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ। आइतवार ४:१५ बजे उम्मेदवारको सूची प्रकाशन गरिने बताइएको छ।

राष्ट्रियसभाको माघ १३ गतेको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिएका थिए।

तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन। राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशित गर्न राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलाई निर्देशन दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell