PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने, ‘मैले सिधाकुरा नगरेको धेरै भएछ’



पहिलोपोस्ट

विशेष पत्रकार सम्मेलन गर्दै रवि लामिछाने, ‘मैले सिधाकुरा नगरेको धेरै भएछ’
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतवार विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। लामिछानेले आइतवार सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्।

पार्टीको बैठकले आज ठोस निर्णय लिने भन्दै उनले त्यसलगत्तै पार्टी कार्यालयबाट विषेश पत्रकार सम्मेलन गर्ने बताएका छन्। सिङ्गो देश र विदेशमा रहेकाहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन् भन्ने आफूले चाहेको उनले बताए।

‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालयबाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,’ उनले भनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell