PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

सिद्धार्थ र कियाराको प्रि-वेडिङ समारोह सुरु



पहिलोपोस्ट

सिद्धार्थ र कियाराको प्रि-वेडिङ समारोह सुरु

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको विवाह पूर्वको समारोह सुरु भएको छ। प्रि-वेडिङको लागि दुवै जोडीका परिवार र आफन्त राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेसमा पुगिसकेको बताइएको छ।

बिहेको लागि सूर्यगढ प्यालेस पनि पूर्ण रूपमा सजाइएको छ। आज सिद्धार्थ र कियाराको मेहेन्दी र संगीत समारोह हुनेछ।

संगीत समारोहमा कियाराका भाइ मिशाल आडवाणीले यो जोडीको लागि विशेष गीत प्रस्तुत गर्ने तयारी गरेका छन्। मिशाल एक र्‍यापर, कम्पोजर र संगीत निर्माता हुन्। उनले नोभेम्बर २०२२ मा आफ्नो पहिलो ट्र्याक ‘नो माइ नेम’ रिलिज गरेका थिए।

त्यसैगरि, भोलि अर्थात फेब्रुअरी ६ मा दुवै विवाह बन्धनमा बाँधिनेछन्। उनीहरूको विवाहमा शाहरूख खान, शाहिद कपूर, उनकी पत्नी मीरा राजपूत, करण जोहर, मनिष मल्होत्रा, वरुण धवनलगायतका कलाकारहरु आउने बताइएको छ। सीमित व्यक्तिहरुको उपस्थितिमा हुने बिहे समारोहमा सुरक्षा व्यवस्था कडा गर्न सुरक्षाकर्मी र अंगरक्षक खटाइएको छ।

वेब सिरिज ‘लभ स्टोरिज’ पार्टीमा सिद्धार्थ र कियाराको पहिलो भेट भएको थियो। त्यसपछि उनीहरुले बलिउड फिल्म ‘शेरशाह’ एकसाथ काम गरेका थिए। 'शेरशाह'मा काम गरेसँगै दुवै एकअर्कासँग नजिकिएको समेत बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell