PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने



पहिलोपोस्ट

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार नदिने निर्णय गरेको छ। आइतवार बसेको कांग्रेसको संसदीय दल कार्यसमिति बैठकले उक्त निर्णय गरेको कांग्रेस संसदीय दलको प्रमुख सचेतकसमेत रहेको रमेश लेखकले जानकारी दिए।

'अहिले हामीले राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवारी नदिने निर्णय गरेका छौं,' बैठकपछि लेखकले भने। यसअघि कांग्रेसले अरु दलसँग छलफल गरेर उम्मेद्वारी तय गर्ने जनाएको थियो।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आइतवार मनोनयन दर्ता हुँदैछ भने सोमवार निर्वाचन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell