PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

काठमाडौंबासीलाई १२ महिनै खानेपानीको व्यवस्था मिलाउन प्रकाशमान सिंहको माग



पहिलोपोस्ट

काठमाडौंबासीलाई १२ महिनै खानेपानीको व्यवस्था मिलाउन प्रकाशमान सिंहको माग

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका जनतालाई १२ महिनै खानेपानीको व्यवस्था मिलाउन माग गरेका छन्। आइतवार प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो भनाई राख्दै नेता सिंहले वर्षा याममा मेलम्चीको पानी नआउने हुँदा यसमा सरकारले विषेश ध्यान दिनुपर्ने उल्लेख गरे।

'दुई दशक बिताएर बल्ल बल्ल मेलम्चीको खानेपानीको स्वाद चाख्न पाएको छ। तर काठमाडौंबासीको चिन्त के छ भने वर्ष याममा त बन्द र पछिमात्र वितरण हुन्छ। काठमाडौंबासीले १२ महिना पानी पिउने व्यवस्था होस्। नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु,' सिंहले भने। उनले मेलम्चीको आन्तरिक व्यवस्थापन मिलाउनसमेत माग गरे। 'साउन महिनादेखि तलब पाउनुपर्नेमा आन्तरिक व्यवस्थापन नमिल्दा खानेपानी वितरणमा समस्या नआओस्,' सिंहले भने।

केही महिनाअघि सिंह मेलम्चीको मुहानस्थल अम्बाथान पुग्दा त्यहाँ कर्मचारीले तलब नपाएको गुनासो गरेका थिए। तलब समयमै नपाए खानेपानी वितरण बन्द गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी कर्मचारीको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell