PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

रवि लामिछानेको बचाउमा उत्रिए ओली : रविलाई कारबाही हुँदा कसले न्याय पायो?



पहिलोपोस्ट

रवि लामिछानेको बचाउमा उत्रिए ओली : रविलाई कारबाही हुँदा कसले न्याय पायो?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई कारबाही हुँदा कसले न्याय पाएकोबारेमा आफूले बुझ्न नसकेको बताएका छन्। आइतवारको संसदलाई सम्बोधन गर्दै ओलीले प्रश्न गरे - रवि लामिछानेलाई कारबाही हुँदा कसले न्याय पायो?

'ढोका खुल्ला रहेछ भनेर फुत्त पसेको हैन,' ओलीले भने, 'निर्वाचन आयोगले वैधानिक छ भनेपछि अत्याधिक मतले जितेको।'

सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने उल्लेख गर्दै ओलीले यस फैसलाबाट आफूलाई प्रश्न भने उठेको उल्लेख गरे। 'प्रक्रियागत त्रुटि हुन गएछ। त्यतिमा सांसद गयो। गृहमन्त्री गयो। उपप्रधामन्त्री गयो। सभापति गयो। न्याय भयो कि भएन। रवि लामिछानेलाई न्याय नभए कसलाई भयो? मैले न्याय पाएको कोही देखिनँ,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell