PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय



पहिलोपोस्ट

सरकारबाट बाहिरिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

तर, सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय रास्वपाले गरेको छ। 

सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते सो पार्टी सभापति रवि लामिछानेलाई सांसदका लागि अयोग्य ठहर गरेको थियो। त्यसपछि उनको पार्टीले पाएको उपप्रधान एवम् गृहमन्त्रालय समेत फुत्किएको थियो।

नागरिकता पाएपछि पुनः गृह मन्त्रालय आफ्नो पार्टीलाई नै दिनुपर्ने माग रविको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय नदिने अडान कसेपछि सरकारबाट बाहिरिने निर्णयमा पार्टी पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell