PahiloPost

Jan 25, 2025 | १२ माघ २०८१

मिडियाले आफूलाई खेदेको रविको गुनासो : मिडिया मालिकलाई चुनाव लड्न दिए चुनौती, देश मिडियाले चलाउने हैन



पहिलोपोस्ट

मिडियाले आफूलाई खेदेको रविको गुनासो : मिडिया मालिकलाई चुनाव लड्न दिए चुनौती, देश मिडियाले चलाउने हैन

काठमाडौं : सरकारबाट बाहिरिने निर्णय गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई नेपाली मिडियाले खेदेको गुनासो गरेका छन्। लामिछानेले आफूलाई 'कन्फ्लिक्ट अफ इन्ट्रेस्ट' को आरोप लगाएर मिडिया मालिकहरुले दिनहुँ खेदेको आरोप लगाए।

लामिछानेले देश मिडियाले चलाउने होइन भन्दै मिडिया मालिक र सम्पादकहरुलाई चुनाव लड्न आउनसमेत चुनौति दिए। 'शिव गाउँले, अमित ढकाल, कैलाश सिरोहिया, रामेश्वर थापा देश चलाउने हो भने चुनाव लड्न आउ,' लामिछानेको चुनौति रह्यो।

लामिछानेले आम अभ्यास भएकै कारण आफूले नेपाली नागरिकता नत्यागी अमेरिकी नागरिकता लिएको दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell