जनकपुरधाम : मैथिली विकास कोषको अध्यक्षमा पुनःजीवनाथ चौधरी चयन भएका छन्। जनकपुरधाममा सम्पन्न कोषको साधारण सभाद्वारा आगामी कार्यकालका लागि अध्यक्ष पदमा चौधरीलाई चौथोपटक सर्वसम्मत चयन गरिएको हो।
यसअघि तिन कार्यकाल सम्हालेका चौधरी चौथो कार्यकालका लागि जिम्मेवारी बहन गर्ने भएका छन्। प्रत्येक ३/३ वर्षमा हुने नयाँ कार्यसमितिको लागि यसअघि नै ९ वर्षको तिन कार्यकाल सम्हालेका चौधरी चौथो कार्यकालका लागि फेरि चयन भएका छन्।
सर्वसम्मतिबाट भएको नयाँ कार्यसमितिको सदस्य सचिवमा साहित्यकार श्याम सुन्दर शशी चयन भएका छन्। कोषको सदस्यहरुमा सुनिल मल्लिक, नविनकुमार मिश्र, नित्यानन्द मण्डल, सुजितकुमार झा, पूनम झा मैथिली, अनिता रानी मण्डल, परमेश झा, विष्णुकान्त मिश्र, रामचन्द्र दास, पंकजमहतो, मनमोहन साह, प्रमोद चौधरी र चयन भएका छन्। कार्यसमितिका एक जना सदस्यपछि मनोनित गरिने अध्यक्ष चौधरीले जानकारी दिए। कोषले प्रत्येक २ वर्ष माजनकपुर साहित्य कला महोत्सव, पुस्तक प्रकाशन, प्रत्येक वर्ष ५१०००/५१००० को दूई जना साहित्यकारलाई पुरस्कार वितरण लगायत कथा गोष्ठी, कवि गोष्ठी, अंतरक्रिया आदि कार्यक्रम गर्दै आएको छ।