PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रवि लामिछानेको अभिव्यक्तिप्रति रामेश कोइरालाको टिप्पणी : साह्रै चित्त दुखेछ, भो अब नलेख्ने!



पहिलोपोस्ट

रवि लामिछानेको अभिव्यक्तिप्रति रामेश कोइरालाको टिप्पणी : साह्रै चित्त दुखेछ, भो अब नलेख्ने!

काठमाडौं : ट्वीटरमा सक्रिय रहेका लेखक डा रामेश कोइरालाले रवि लामिछानेको बारेमा अब ट्वीट् नलेख्ने बताएका छन्। आइतवार विशेष पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले रामेशको ट्वीट्को आलोचना गरेका थिए।

लामिछानेले डा रामेशको बौद्धिकता धेरै भए पनि साइज कांग्रेस महामन्त्री गगन थापाको कट्टु भन्दा पर नभएको भन्दै तुच्छ टिप्पणी गरेका थिए। 'रामेश कोइरालाले ट्वीट लेख्छ भनेर मान्छे बहुलाएर हिड्या छ। ह्वाट द हेल। उहाँको बौद्धिकताको लम्बाई धेरै होला। तर उहाँको बौद्धिकताको लम्बाई गगन थापाको कट्टुभन्दा पर छैन,' लामिछानेले भनेका थिए।

यही विषयमा आफ्नो धारणा ट्वीटरमा राख्दै रामेशले भनेका छन्। 'हैट, रवि दाइबारे फेसबुकमा जिरो अनि ट्विट चैँ बीसवटाजति गरिएको रहेछ, दुई तीनटामा राजनीतिमा आएर राम्रो भो लेखेछु, तीनचारटामा उनले यसो गरे बेस् भनेछु अनि दर्जनजति दलका सांसद र सदस्यलाई आफ्नो विचार वा विमति नभएकोबारे लेखेछु,' रामेशले भनेका छन्, 'तर दाजुलाई जाबो ट्विटले साह्रै चित्त दुखेछ, भो अब नलेख्ने।'

लामिछानेले सरकार छाड्दै गर्दा मिडियाको आलोचनामात्र गरेनन् पत्रकारलाई आफ्नो पार्टीमा आउन आह्वानसमेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell