स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई हराएको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले सेभियामाथि ३-० को सहज जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ५८ औं मिनेटमा फ्रान्क केसिइको पासमा जोर्डी अल्बाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यस्तै त्यस्तै ७० औं मिनेटमा गाभीले राफिन्हाको पासमा गोल गर्दा ७९ औं मिनेटमा राफिन्हाले जोर्डी अल्बाको पासमा गोल गरे।
अर्कोतर्फ तर्फ गएराति नै सम्पन्न अर्को खेलमा तालिकाको दोस्रो स्थानमा रहेको रियल मड्रिड मालोर्कासँग पराजित भएको छ। आईबेरोस्टार स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले रियल मड्रिडमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो। रियल मड्रिडका नाचोले १३ औं मिनेट गरेको आत्मघाती गोल नै मालोर्काको जितका लागि निर्णायक गोल बन्यो। खेलको ५९ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा मड्रिडका मार्को एसेन्सियो चुकेका थिए।
योसँगै बार्सिलोनाले अंकतालिकामा ८ अंकको स्पस्ट अग्रता बनाएको छ। समान २० खेलबाट बार्सिलोना ५३ अंक जोड्दै शीर्षस्थानमा रहँदा ४५ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ।