PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

टर्किएमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु, ध्वस्त भवनमा मानिसहरु फसेको रिपोर्ट



पहिलोपोस्ट

टर्किएमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु, ध्वस्त भवनमा मानिसहरु फसेको रिपोर्ट
Photo: GETTY IMAGES

टर्किएमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गाजियन्टेपमा शक्तिशाली भूकम्प गएको बीबीसीले उल्लेख गरेको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार ४:१७ बजे गजिएन्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको धक्का राजधानी अंकारा र टर्कीएका अन्य सहरहरूलगायत धेरै क्षेत्रमा पनि महसुस गरिएको थियो।

भूकम्पका कारण धेरै भवनहरू ध्वस्त भएका छन् भने ति भवनमा मानिसहरू फसेको रिपोर्ट रिपोर्ट गरिएको छ। टर्कीएका आन्तरिक मन्त्री सुलेमोन सोयलुले गाजिएन्टेप, कहरामनमारास, हाटे, उस्मानीय, अदियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस गरी १० सहर प्रभावित भएको बताए।

सहरको एक शपिङ मल भत्किएको रिपोर्ट गरिएको छ। भूकम्पको धक्का सिरिया, लेबनान र साइप्रसमा पनि महसुस गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell