काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतकहरुसँग प्रचण्डले छलफल गरेका हुन्।
सो भेटमा दलका प्रमुख सचेतकसँगै मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतको पनि उपस्थिति थियो। छलफलमा संसदको काम कारवाही प्रभावकारी बनाउने विषयमा साथै विधेयकहरुका सम्बन्धमा पनि छलफल भएको थियो।