PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा



पहिलोपोस्ट

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

काठमाडौं : नेकपा एकीकृत समाजवादीले २०८० साल फागुनमा राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

यसैगरि, आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उनले बताए।

उनले भने, 'आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ। सोहीअनुसार अगाडि बढ्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell