काठमाडौं : दुई दिनदेखि घट्न थालेको सुनको मूल्य पुनः बढेको छ। सोमवार सुनको मूल्य तोलाको ५ सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार सुन प्रतितोला एक लाख ४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। साताको पहिलो दिन आइतवार सुन तोलामा २ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँमा स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य थोरै घटेपनि स्थानीय बजारमा भने स्थिर रहेको छ। आइतवार चाँदी तोलामा ३० रुपैयाँले घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य फेरि बढेको छ। आइतवार सुन प्रतिऔंस १८६५.९४ डलरमा रहेको सुन बढेर सोमवार १८७७.४६ डलर कायम छ। चाँदी प्रतिऔंस २२.३५ डलरबाट २२.४९ डलरमा कारोबार भइरहेको छ।