PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिकको साथमा भेटियो प्रतिबन्धित भारु



पहिलोपोस्ट

विमानबाट काठमाडौंदेखि विराटनगर जान लागेका भारतीय नागरिकको साथमा भेटियो प्रतिबन्धित भारु

काठमाडौं : प्रतिबन्धित भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ २ हजार दरको ४० थान र ५ सय दरको १ सय १४ थान गरी जम्मा २ लाख ८७ हजारसहित भारतीय नागरीक ४७ वर्षीय महेशभाई रुगनाथभाई कुंडारीयालाई प्रहरीले पक्राउ गरेको छ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट विराटनगर जान लागेका कुंडारीयालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनको ह्याण्ड व्यागभित्र प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारी पक्राउ गरेको हो।

उनलाई  प्रहरीले आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell