PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित



पहिलोपोस्ट

‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित

काठमाडौं : फिल्म ‘अगस्त्य: च्याप्टर वान’ मा नाजिर हुसेन र मलिका महत अनुबन्धित भएका छन। सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्ममा उनीहरुलाई मुख्य भूमिकाका लागि 'फाइनल' गरिएको हो।

यसअघि नै मुख्य चरित्रको लागि भने अभिनेता सौगात मल्ल देखिने फिक्स्ड भइसकेको छ। फिल्ममा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहने बताइएको छ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म काठमाडौं र नवलपरासीका साथै भारतको गोरखपुर र बनारसमा छायाङ्कन हुनेछ। आगामी बैशाखबाट सुटिङ सुरु गर्ने तयारी गरिएको फिल्म एक्सन प्रधान रहने निर्देशक चौधरीले जानकारी दिए।

दुई श्रृंखलामा निर्माण हुन लागेको फिल्मको दुवै पार्टको स्क्रिप्ट भने तयार भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell