PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

टर्कीएमा भूकम्प जाँदा सबैभन्दा बढी क्षति सिरियामा, ३०० जना भन्दा बढीको मृत्यु, हजार बढी घाइते



पहिलोपोस्ट

टर्कीएमा भूकम्प जाँदा सबैभन्दा बढी क्षति सिरियामा, ३०० जना भन्दा बढीको मृत्यु, हजार बढी घाइते
Photo : Reuters

टर्किएमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। बीबीसीका अनुसार टर्कीए र सिरियामा गरि हालसम्म ३०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गाजियन्टेपमा शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार ४:१७ बजे गजिएन्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ।

भूकम्पको कारण सबैभन्दा बढी क्षति सिरियामा भएको छ। हालसम्म त्यहाँ २३० जना भन्दा बढीको मृत्यु भइसकेको छ। सिरियाको एलोपो, लताकिया, हमा र टउरसमा धेरै क्षति भएको छ।

टर्कीएमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। र्कीएका आन्तरिक मन्त्री सुलेमोन सोयलुले गाजिएन्टेप, कहरामनमारास, हाटे, उस्मानीय, अदियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस गरी १० शहर प्रभावित भएको बताए।

भूकम्पका कारण दुवै देशमा कयौं भवनहरू ध्वस्त भएका छन् भने ति भवनमा मानिसहरू फसेका छन्। टर्किएमा ४४० जना घाइते भएको र सिरियामा ६६० जना घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ। 

लेबनान र साइप्रसमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell