PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप



पहिलोपोस्ट

मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच झडप

काठमाडौं : काठमाडौंको मीनभवनमा रहेको नेपाल कमर्स क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबिच झडप भएको छ।

स्वतन्त्र विद्यार्थी युनियनको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन बाक्लो सङख्यामा प्रहरी परिचालन गरिएको छ। शेखर कोइराला समूहका विद्यार्थी समूहको बैठक चलिरहँदा संस्थापन पक्षले हस्तक्षेप गरेको बताइएको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा क्याम्पस पुगेपछि उनीविरुद्ध नाराबाजीसमेत भएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell