PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

टर्कीएमा गएको भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त



रासस

टर्कीएमा गएको भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीएमा गएको भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

स्थानीय समयअनुसार आज बिहान ४:१७ बजे टर्कीएको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पको कारण सबैभन्दा बढी क्षति सिरियामा भएको छ। हालसम्म त्यहाँ २३० जना भन्दा बढीको मृत्यु भइसकेको छ। सिरियाको एलोपो, लताकिया, हमा र टउरसमा धेरै क्षति भएको छ।

टर्कीएमा ७६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। टर्कीएका आन्तरिक मन्त्री सुलेमोन सोयलुले गाजिएन्टेप, कहरामनमारास, हाटे, उस्मानीय, अदियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस गरी १० शहर प्रभावित भएको बताए।

भूकम्पका कारण दुवै देशमा कयौं भवनहरू ध्वस्त भएका छन् भने ति भवनमा मानिसहरू फसेका छन्। टर्किएमा ४४० जना घाइते भएको र सिरियामा ६६० जना घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ। 

लेबनान र साइप्रसमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell