टर्किएमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। बीबीसीका अनुसार टर्कीए र सिरियामा गरि हालसम्म ५०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
सिरियासँगको सिमाना नजिक रहेको टर्कीएको दक्षिणपूर्वी क्षेत्रस्थित गाजियन्टेपमा शक्तिशाली भूकम्प गएको हो। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार ४:१७ बजे गजिएन्टेप सहर नजिक १७.९ किलोमिटर गहिराइमा ७.८ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पको कारण सबैभन्दा बढी क्षति सिरियामा भएको छ। सिरियाको एलोपो, लताकिया, हमा र टउरसमा धेरै क्षति भएको छ।
टर्कीएका आन्तरिक मन्त्री सुलेमोन सोयलुले गाजिएन्टेप, कहरामनमारास, हाटे, उस्मानीय, अदियामान, मालत्या, सानलिउर्फा, अडाना, दियारबाकिर र किलिस गरी १० शहर प्रभावित भएको बताए।
भूकम्पका कारण दुवै देशमा कयौं भवनहरू ध्वस्त भएका छन् भने ति भवनमा मानिसहरू फसेका छन्। दुवै देशमा गरि ३ हजारभन्दा बढी घाइते भका छन्। लेबनान र साइप्रसमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।
तस्विरहरु बीबीसीबाट लिइएको हो।